कांग्रेस सहमहामन्त्री महतद्वारा काठमाडौंमा बस्ने कर्णालीबासीलाई राहत वितरण


काठमाडौं, २६ चैत – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले काठमाडौंमा डेरा गरी बस्ने कर्णालीबासीलाई खाद्यान्न सहयोग गरेका छन्।

खाद्यान्न अभाव भएको जानकारी पाएपछि काठमाडौंमा कोठा भाडामा बस्दै आएका कर्णालीबासीलाई डा. महतले १५ बोरा चामल र एक हजार थान मास्क उपलब्ध गराएको हुन्।

डा. महतका सहयोगी अनुराग शाहका अनुसार राजधानीमा रहेका कर्णालीबासीले अहिलेसम्म राहत नपाएको गुनासो गरेपछि राहत उपलब्ध गराइएको हो।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: