Logo

राजनीति

सभामुख सापकोटासँग नेपालका लागि साउदी अरेबियाका राजदूतको भेट



काठमाडौँ, २० फागुन – सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसाइद सुलेमान एम अलमारवानीले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत मुुसेइदले सापकोटालाई सभामूखमा निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

सभामुख सापकोटाले साउदी अरेवियासँग नेपालको ४३ वर्षदेखि सुमधुर सम्बन्ध रहेको स्मरण गर्दै भेटले सम्बन्धलाई नयाँ उचाईमा पुर्‌याएको बताए।

सापकोटाले सच्चा मित्रको चिनारी दु:खका बेलामा हुने बताउँदै २०७२ सालको बिनासकारी भूकम्पपछि साउदी सरकारले गरेको सहयोग सँधै स्मरणीय रहने चर्चा गरे।

साउदी अरब विकास कोषबाट नेपालका विभिन्न क्षेत्रमा प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास सापकोटाले व्यक्त गरे।

उनले तीन लाख हाराहारी नेपाली श्रमिकलाई रोजगारी र नेपाली हजयात्रीका लागि साउदीले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन्।

प्रकाशित : २० फाल्गुन २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल