Logo

राजनीति

कांग्रेसका १३ विभागमा प्रमुख तोकियो, संगठन विभागमा श्रेष्ठ, सूचना तथा प्रसारमा शर्मा



काठमाडौँ, फागुन १७ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक विभागका प्रमुखहरू मनोनित गरेका छन्। सूचना सञ्चार तथा प्रचारको जिम्मेवारी प्रवक्ता विश्वप्रकाश शर्मा र संगठन विभागको जिम्मेवारी गोपालमान श्रेष्ठले पाएका छन्।

सभापति देउवाले कांग्रेसको विधानको धारा ३७ (१) (ग) अनुसार केन्द्रीय सदस्यहरूलाई विभागीय प्रमुखको जिम्मेवारी तोकेका हुन्। देउवाले संघीय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखमा रमेश रिजाल, मुस्लिम विभागको प्रमुखमा फरमूल्लाह मन्सुर र स्थानीय तह समन्वय विभागको प्रमुखमा अर्जुनप्रसाद जोशीलाई नियुक्त गरेका छन्।

वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुखमा आनन्दप्रसाद ढुंगाना, तराई–मधेश समन्वयमा अजयकुमार चौरसिया, यातायात व्यवसायी समन्वयमा महेन्द्र यादव, तरुण संगठनमा शंकर भण्डारी, आदिवासी जनजाति सीता गुरुङ, नेपाली जनसम्पर्क समिति समन्वय गोविन्द भट्टराई, उद्योग व्यापार चीनकाजी श्रेष्ठ र श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुखमा शिवप्रसाद हुमागाईंलाई नियुक्त गरेका छन्।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा कृष्ण किशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र ध्रुव वाग्ले (तनहुँ)लाई मनोनयन गरेको उल्लेख छ।

प्रकाशित : १७ फाल्गुन २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल