धनकुटा, १० फागुन – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका महासचिव अशोक चेम्जोङले पहिचान पक्षधरहरूको राष्ट्रव्यापी एकतामा जोड दिएका छन्। धनकुटा जिल्लाको चौबिसे राजारानीमा आयोजित कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रममा महासचिव चेम्जोङले नेपाली कांग्रेस र सत्तारुढ नेकपाले पहिचानको आन्दोलनलाई नजरअन्दाज गरेकाले सबै क्षेत्रका पहिचान पक्षधरहरू एकताबद्ध हुने पर्ने बताएका हुन्। प्रदेश नम्बर एकको नामकरण…