Logo

राजनीति

संघीय तामाङसालिङ मञ्चको विस्तार तीव्र, ३ वर्षभित्र ७० हजार क्रियाशील सदस्य



काभ्रे, ११ फागुन – संघीय तामाङसालिङ मञ्चको संगठन विस्तार तीव्र पारेको छ। पहिचानसहितको संघीयता लागू गर्नुपर्ने मुख्यमा मागका साथ संघर्षशील मञ्चले काभ्रे जिल्लामा संगठन विस्तार अभियान तीव्र पारेको हो।

कुमार लिङदेन मिराक नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय तामाङसालिङ मञ्चको काभ्रे जिल्ला अध्यक्षमा सत्यमान स्याङतानको नेतृत्वमा तदर्थ समिति गठन गरिएको छ।

पनौती नगरपालिका–४ आयोजित एक समारोहका बीच गठित समिति उपाध्यक्ष्यमा रमेश स्याङतान र दोर्जे लामा चयन भएका छन्।

संघीय संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय तामाङसालिङ मञ्च अध्यक्ष मिङमार लामाको आतिथ्यमा गठित समितिको अर्थसचिवमा अस्मित स्याङतान चयन भएका छन्।

यसैबीच, मञ्चले क्रियाशील सदस्यतापत्र वितरण तीव्रताका साथ गरिरहेको छ। तामाङसालिङ मञ्चका अध्यक्ष मिङमार लामाका अनुसार एक वर्षभित्रै २० हजार क्रियाशील सदस्यता वितरण गरिने छ।

‘हामीले ३ वर्षपछि हुने निर्वाचनसम्ममा ७० हजार क्रियाशील सदस्य थप्ने लक्ष्य लिएका छौं,’ लामाले भने, ‘त्यही लक्ष्यका साथ दिनरात काम गरिरहेका छौं।’

प्रकाशित : ११ फाल्गुन २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: