Logo

प्रदेश

‘कांग्रेस र नेकपाका पहिचान पक्षधर नेताहरूलाई समेटेर राष्ट्रिय मोर्चा निर्माण गरौं’



धनकुटा, १० फागुन – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका महासचिव अशोक चेम्जोङले पहिचान पक्षधरहरूको राष्ट्रव्यापी एकतामा जोड दिएका छन्।

धनकुटा जिल्लाको चौबिसे राजारानीमा आयोजित कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रममा महासचिव चेम्जोङले नेपाली कांग्रेस र सत्तारुढ नेकपाले पहिचानको आन्दोलनलाई नजरअन्दाज गरेकाले सबै क्षेत्रका पहिचान पक्षधरहरू एकताबद्ध हुने पर्ने बताएका हुन्।

प्रदेश नम्बर एकको नामकरण पहिचानका आधारमा हुनुपर्ने उल्लेख गर्दै चेम्जोङले यसका लागि सबैको एकता अपरिहार्य रहेको औँल्याएका छन्। ‘सत्तारुढ दल र कांग्रेसभित्र पनि पहिचान पक्षधर नेताहरू हुनुहुन्छ, सबैलाई समेटेर राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्छ,’ उनले भने।

कार्यक्रममा उपमहासचिव चन्द्रसिङ नेम्वाङले प्रदेश नम्बर १ लाई पहिचानका आधारमा नामकरण गर्न माग गर्दै संघीय प्रदेशहरूलाई पहिचानकै आधारमा पुनः सीमाङ्कन गर्नुपर्नेमा जोड दिएका छन्।

विद्यार्थी प्रान्तीय अध्यक्ष मोहन मावो, मञ्चका धनकुटा जिल्ला अध्यक्ष कुविर लिम्बुका नेताहरूले पनि पहिचानको आन्दोलनलाई अझ सशक्त बनाउनु पर्नेमा जोड दिएका छन्।

महासचिव चेम्जोङले नवप्रवेशीहरुलाई साधारण सदस्यता वितरण गर्दै संघीय लिम्बुवान मञ्चको राजनीतिक लक्ष्य, सिद्धान्त र भावी योजनाका बारेमा प्रशिक्षण दिएका थिए।

प्रकाशित : १० फाल्गुन २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल