Logo

प्रदेश-१

‘श्रीमती र छोराहरूको बिचल्ली हुने भयो, सहयोग गरेर मलाई बचाउनुहोस्’



काठमाडौँ, पुस ६ गते । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनका सन्तोष बिष्टले आफ्नो उपचारका लागि सहयोगको अपिल गरेका छन् ।

२०७९ साउनदेखि फोक्सो क्यान्सर रोग र ढाडमा ट्युमर देखिएपछि पीडित बिष्टले आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएकाले सहयोग गर्न सबैलाई अपिल गरेका हुन् ।

भक्तपुरस्थित नेपाल क्यान्सर अस्पताल र झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारपछि ताप्लेजुङ फर्किएका बिष्टले आर्थिक सहायता भए उपचार सहज हुने बताए ।

‘क्यान्सर तेस्रो चरणमा रहेकाले उपचार गर्दा निको हुन्छ, अहिले महिनाको एक लाख रुपैयाँ खर्च भइरहेको छ, चिकित्सकले उपचार गर्न जम्मा २५ लाख रुपैयाँ खर्च लाग्छ भनेकाले मैले सहयोगको अपिल गरेको हुँ,’ उनले भने ।

३९ वर्षीय बिष्ट सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । ताप्लेजुङको पूर्वी क्षेत्रमा सक्रिय उनी कृषक हुन् । एक श्रीमती, तीन छोराका पिता बिष्टले उपचार पाए आफू निको हुने बताउँदै देशविदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

‘अचानक क्यान्सर देखियो, ग्रामीण क्षेत्र र न्यून आर्थिक अवस्था भएका कारण उपचारमा समस्या भयो, घरजग्गा बेचेर पैसा जुटाउँदैछु, अब चाहिँ सबैसँग सहयोग माग्नैपर्ने भयो, धेरै काम गर्ने चाहना हुँदाहुँदै पनि क्यान्सर पीडित भएर थलिन पुगेँ, उपचार नपाउँदा मेरी श्रीमती र छोराको बिचल्ली हुन्छ, त्यसैले सहयोगको अनुरोध गरेको हुँ,’ उनले भने ।

बिष्टको उपचारमा सहयोग गर्नका लागि उनका छोरा अर्जुन बिष्टको माछापुच्छ्रे बैंकको खाता नम्बर 0370932999503007 मा रकम जम्मा गर्न सकिने छ ।

प्रकाशित : ६ पुस २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल