Logo

प्रदेश-१

आज र भोलि सार्वजनिक बिदा



काठमाडौँ –हरिबोधनी एकादशीको अवसरमा बराहपोखरीमा लाग्ने धार्मिक मेलाका अवसरमा खोटाङको बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाले कात्तिक २८ र २९ गते अर्थात् आज र भोलि सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

बराहपोखरीमा हरिबोधनी एकादशीका अवसरमा १ हप्ताासम्म मेला लाग्ने गरेको छ ।

खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणीमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई सभ्य र भव्य बनाउन २ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामार्फत जनाइएको छ ।

बराहपोखरी मेलालाई व्यवस्थित बनाउन दुबै गाउँपालिका तथा बराहपोखरी विकास समितिका तर्फबाट स्वयंसेवक पनि खटाइएका छन् ।

मेलामा हुनसक्ने आपाराधिक घटनालाई न्यूनिकरण गर्न ईलाका प्रहरी कार्यालय चिसापानी र बराहपोखरी तथा सशस्त्र प्रहरी गुल्म चिसापानीबाट प्रहरी टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ९सीडीओ० फणिन्द्र दाहालले जानकारी दिए ।

बराहपोखरी मेलामा दिवंगत भएका आफ्ना आफन्तका नाममा सतबीज छर्ने, फूल तार्ने तथा धामीझाँक्री नाच्ने र दर्शन गर्न आउने भक्तजनका साथै अवलोकन भ्रमण गर्न आउने पर्यटकको भीड लाग्ने गरेको छ ।

चारैतिर घना जंगलले घेरिएको ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ क्षेत्रफलमा फैलिएको प्राकृतिक रुपले बनेको बराहपोखरीमा संसारकै दुर्लभ रातो माछा समेत पाइने गरेको छ ।

समुद्री सतहदेखि करीब १ हजार ३०० मिटर उचाइमा रहेको बराहपोखरीमा हरिबोधनी एकादशीसँगै रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे संक्रान्तिमा समेत मेला लाग्ने गर्छ ।

मेलामा उदयपुर, भोजपुर, धनकुटा, इलाम, ओखलढुंगा, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चीन, भुटान लगायत क्षेत्रबाट दर्शनार्थी र भक्तजन आउने गरेका गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : २८ कार्तिक २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल