Logo

राजनीति

‘प्रधानमन्त्रीज्यू, तपाईको संगीतमय अवतार चीनमा अलपत्र नागरिकले कसरी हेरे होलान्?’



यतीसँग सती जानुको कारण के? : डा. डिला संगौला

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले कानुन परिवर्तन नै गरेर यती समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुको कारण सरकारसँग माग गरेकी छिन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा डा. संग्रौलाले राज्यलाई अर्बौं घाटा हुने गरी सरकारले यती समूहलाई महत्त्वपूर्ण क्षेत्र सुम्पिनुको कारण प्रधानमन्त्री केपी ओलीसँग माग गरेकी हुन्।

नेपाल ट्रस्टको ऐन परिवर्तन गरेर यती समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुले सरकारले नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको संगौलाले टिप्पणी छ।

‘अहिले यती आतंक राष्ट्रकै लागि लज्जाको विषय बनेको छ, नेपाल ट्रस्टले भाडामा लगाएको ३ हजार रोपनी जग्गामध्ये गोकर्ण, ताहाचल र दरबारमार्गको २ हजार ७ सय ९९ रोपनी जग्गा यती समूहलाई दिइएको छ, पाँच अर्ब रूपैयाँ नोक्सानी हुने गरी दरबारमार्गको जग्गा यती समूह किन लिइयोरु,’ नेतृ संगौलाले प्रश्न गरिन्।

पाथीभराको ३ सय १७ रोपनी ८० वर्षका लागि सित्तै दिइनु र धरानमा विमानस्थल बनाउने प्रचार गरेर यती समूहले प्रतिकठ्ठा २८ हजार रूपैयाँका दरले किनेर सरकारलाई ३० लाख प्रतिकठ्ठाले बेच्न लागेको विषयमा र शिवपुरी राष्ट्रिय निकुञ्जको २ सय १६ रोपनी जग्गा वार्षिक ४० हजारमा के नियतले दिइएको भन्ने विषयमा पनि सरकारको जवाफ नेतृ संगौलाले मागेकी छिन्।

‘यतीसँग सती जानुको कारण के हो? सरकारले एउटा व्यापारिक समूहलाई राज्यको सारा सम्पत्ति जिम्मा लगाउनुको अन्तर्य के हो, प्रधानमन्त्रीसँग यसको जवाफ माग गर्दछु । साथै, पाँच वर्षअघि न्यारोबडी जहाज खरिद गर्दा ४ करोड २८ लाख घूस दिएको विषयको वास्तविकता सदनसमक्ष राख्न माग गर्दछु,’ संगौलाले भनिन्।

प्रधानमन्त्री ओलीको उपस्थितिमा बालुवाटारमा आयोजित सारंगी साँझप्रति पनि संग्रौलाले तिखो आलोचना गरेकी छिन्। ‘माघ २१ गते प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा आयोजना गर्नु भएको ‘सारंगी साँझ’को तस्वीरले ज्यादै द्रबित बनायो। कल्पना गरौँ, यदि निरोको तस्वीर भइदिएको भए, त्यो तस्वीरसँग यो तस्वीर उस्तै देखिन्थ्यो होला ! तर, निरोको प्रवृत्तिसँग प्रधानमन्त्रीको यो कार्य मिल्दोजुल्दो छ,’ उनले भनिन्।

सांसद डा. डिला संग्रौलाले बुधबार संसदमा राखेका मन्तव्य

सम्मानीय सभामुखज्यू,

पूर्वीय सभ्यता र संस्कृतिको मूल थलो नेपालबाट अलि पर तत्कालीन रोम साम्राज्यतर्फ जाउँ । शासक थिए, निरो । निरोका अरू अपराधको खासै चर्चा छैन। सन् ६४ मा आदिम सभ्यता बोकेको रोममा ६ दिनसम्म भीषण आगलागी भयो। त्यो आगलागी ‘रोम जलिरह्यो, निरोले बाँसुरी बजाइरहे’ भनेर अर्थ्याइएको छ।

माघ २१ गते प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा आयोजना गर्नु भएको ‘सारंगी साँझ’को तस्वीरले ज्यादै द्रबित बनायो। कल्पना गरौँ, यदि निरोको तस्वीर भइदिएको भए, त्यो तस्वीरसँग यो तस्वीर उस्तै देखिन्थ्यो होला! तर, निरोको प्रवृत्तिसँग प्रधानमन्त्रीको यो कार्य मिल्दोजुल्दो छ।

सम्माननीय सभामुखज्यू,

चीनमा रहेका नेपालीहरू सरकारसँग उद्दारको याचना गरिरहेका छन्। ललिता निवासको जग्गा भ्रष्टाचारमा आफ्नालाई उन्मुक्ति दिने र फरक विचार राख्नेलाई जेल पठाउने तयारी हुँदै गर्दा प्रतिपक्षी दल आन्दोलनमा छ। विपन्न नागरिक जाडोमा एकजोर न्यानो लुगा फेर्ने हैसियतमा छैनन् । कर्णालीमा सिटामोलको अभावले तीन सातामा ९ जनाको ज्यान गएको छ। चुरेदोहन उत्कर्षमा छ। महँगी आकाशिएको छ। नागरिकको दैनिकी अस्तव्यस्त छ।

तर, प्रधानमन्त्रीज्यू बाँधुरीको धुनमा मस्त हुनुहुन्छ। प्रधानमन्त्रीज्यू, अहिले मनोरञ्जन गर्ने फुर्सदमा हुनुहुन्छ। म सोच्ने गर्छु, चीनमा अलपत्र र दुरदराजका नागरिकले प्रधानमन्त्रीको संगीतमय नयाँ अवतार कसरी हेरे होलान्! उनीहरूलाई कति लाज भयो होला!

सम्मानीय सभामुखज्यू,

अहिले यती आतंक राष्ट्रकै लागि लज्जाको विषय बनेको छ। नेपाल ट्रस्टको ऐन परिवर्तन गरेर यती समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुले सरकारले नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको छ। नेपाल ट्रस्टले भाडामा लगाएको ३ हजार रोपनी जग्गामध्ये गोकर्ण, ताहाचल र दरबारमार्गको २ हजार ७ सय ९९ रोपनी जग्गा यती समूहलाई दिइएको छ। पाँच अर्ब रूपैयाँ नोक्सानी हुने गरी दरबारमार्गको जग्गा यती समूह किन लिइयो?

पाथीभराको ३ सय १७ रोपनी ८० वर्षका लागि सित्तै दिइनु र धरानमा विमानस्थल बनाउने प्रचार गरेर यती समूहले प्रतिकठ्ठा २८ हजार रूपैयाँका दरले किनेर सरकारलाई ३० लाख प्रतिकठ्ठाले बेच्न लागेको विषयमा र शिवपुरी राष्ट्रिय निकुञ्जको २ सय १६ रोपनी जग्गा वार्षिक ४० हजारमा के नियतले दिइएको हो? यतीसँग सती जानुको कारण के हो? सरकारले एउटा व्यापारिक समूहलाई राज्यको सारा सम्पत्ति जिम्मा लगाउनुको अन्तर्य के हो, प्रधानमन्त्रीसँग यसको जवाफ माग गर्दछु। साथै, पाँच वर्षअघि न्यारोबडी जहाज खरिद गर्दा ४ करोड २८ लाख घूस दिएको विषयको वास्तविकता सदनसमक्ष राख्न माग गर्दछु।

प्रकाशित : २९ माघ २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: