Logo

राजनीति

केपी ओली नेतृत्वको नेकपा सरकार व्यवस्था असफल पार्न उद्धत : डा. महत



नुवाकोट – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले अहिलेको व्यवस्था असफल पार्न खोजेको बताएका छन्।

नुवाकोटको बिदुरमा रहेको नुवाकोट बहुमुखी क्याम्पसको ३४ औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै कांग्रेस सहमहामन्त्री महतले सरकारले संबैधानिक निकायलाई छायामा राखेर परिवर्तनलाई समाप्त पार्न खोजेको टिप्पणी गरेका हुन्।

सरकार चरम भ्रष्टाचारको बाटोमा दौडिरहेको आरोप लगाउँदै महतले जनताले दिएको अभिमत भ्रष्टाचार गर्नलाई नभएको बुझ्न पनि सरकारलाई आग्रह गरे।

कांग्रेस सकियो कांग्रेस देखिएन भनेर केही सत्ताधारी दलका कार्यकर्ताले टिप्पणी गरेको प्रसंग निकाल्दै कांग्रेस नसकिएको उनको भनाइ छ।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: