काठमाडौं, २८ वैशाख – नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. डिला पन्त संग्रौलाले विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणको लडाइँमा नयाँ ढंगले जानुपर्नेमा जोड दिएकी छिन्। संसदको प्रिबजेट छलफलमा नेतृ संग्रौलाले सांसद विकास कोषको रकम कोरोना कोषमा जम्मा गरेर महामारी रोकथाममा खर्च गर्न आह्वान गरेकी हुन्। ‘अहिलेको प्राथमिकता भनेको नागरिकको जीवन रक्षा हो, मान्छेले बाँच्न पाउनुपर्छ, खान…