Logo

समाचार

तारकेश्वरमा प्रेरक कार्यः एक सय जना विपन्‍न, श्रमिक र मजदुरलाई दिइयो राहत



काठमाडौँ, १९ वैशाख – काठमाडौंको तारकेश्वर नगरपालिका–६ मा कोभिड–१९ आपतकालीन खाद्यान्न संकलन तथा वितरण अभियानमार्फत राहत वितरण गरिएको छ।

स्थानीय अगुवा युवा तथा मानवअधिकारवादी हरि तिमिल्सिनाको सक्रियतामा स्थापित खाद्यान्न संकलन तथा वितरण अभियानले तारकेश्वर–६ का एक सय जना मजदुर तथा विपन्नलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो।

लकडाउनका कारण दैनिकी टार्न मुस्किल भएका श्रमिक तथा विपन्नहरुलाई खाद्यान्न संकलन तथा वितरण अभियानले प्रतिपरिवार १० किलाे चामल, आधा किलाे दाल, आधा लिटर खानेतेल र एक किलो नुन वितरण गरेको हो।

नगरपालिकाका विभिन्न सहयोगी दातामार्फत् संकलन भएको १ सय बोरा चामलसहित दाल, तेल र नुन समस्यामा परेका टोलबासीका घरमै पुगेर वितरण गरिएको थियो।

आफ्नो टोल छिमेकमा रहेका विपन्न, मजदु्र भरियाहरुका लागि लकडाउनले दैनिक ज्याला मजदुरीको काम बन्द भएको र घरमा खाद्य सामग्री नहुँदा छाक टार्न अप्ठ्यारो परेकाले खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो।

याे पनि हेर्नुहाेस्: काेराेना महामारीपछि आर्थिक सुदृढीकरण कसरी?

https://www.youtube.com/watch?v=YsypUgzV0a0

आवश्यक पर्ने अन्यहरूलाई समेत खाद्यान्न संकलन तथा वितरण अभियानले सहयोग गर्ने अभियन्ता हरि तिमिल्सिनाले बताएका छन्।

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता विष्णुभक्त तिमिल्सिना, स्थानीय नेताहरु बैकुण्ठ बानियाँ, विनोद भट्ट, कुमार महत लगायतको पनि उपस्थिति थियो।

साथै अभियन्ताहरु प्रदीप श्रेष्ठ, सुजित तिमिल्सिना, शुक्रराज बिन्दुकार, रामचन्द्र घिमिरे, राजेश महर्जन लगायतको पनि उपस्थिति रहेको जानकारी अभियन्ता हरि तिमिल्सिनाले जानकारी दिएका छन्।

प्रकाशित : १९ बैशाख २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल