Logo

मनोरञ्जन

‘कोरोना प्रकोप र आर्थिक संकटमा कलाकारलाई सरकारको साथ हुनुपर्छ’



काठमाडौँ, ६ जेठ – गायिका इन्दिरा भट्टराईले कोरोनाको विश्वव्यापी महामारीमा कलाक्षेत्र गम्भीर संकटमा परेको बताएकी छिन्।

कोरोना प्रकोपका कारण सम्पूर्ण क्षेत्रमा असर परेको उल्लेख गर्दै भट्टराईले कलाकारिता क्षेत्रमा सक्रिय हजारौंले गम्भीर संकट झेलिरहेको बताएकी हुन्।

‘ऐतिहासिक रूपमा आएको विश्वव्यापी संकटको सामना गर्न सबै क्षेत्र प्रयासरत छन्, यो संकटमा सबैभन्दा बढी समस्यामा परेको कलाक्षेत्र पनि हो,’ उनले भनिन्, ‘त्यसले सरकारले पनि विशेष सहायताको घोषणा गर्नुपर्छ।’

गायिका भट्टराईले नेपालका नवोदित कलाकारहरूलाई अहिलेको संकटमा विभिन्न किसिमका समस्याले झेलिरहेको बताउँदै लाखौं राजश्व तिर्ने कलाकारहरूलाई राज्यले उदार दिलले सहयोग गर्नुपर्नेमा जोड दिइन्।

नेपाल सरकारले नागरिकका लागि राहत प्याकेज घोषणा गर्दैगर्दा कलाक्षेत्रलाई पनि सम्बोधन गर्नुपर्नेमा भट्टराईको जोड छ।

नेपालमा कलाक्षेत्रमा सक्रिय दशौं हजार कलाकारको भविष्य महामारीका कारण नै अध्याँरो पर्न सक्ने बताउँदै भट्टराई यस्तै बेला सरकारको साथ आवश्यक पर्ने धारणा राखिन्।

‘कोरोना प्रकोप र आर्थिक संकटमा कलाकारलाई सरकारको साथ हुनुपर्छ, नभए पलायनको दायरा फराकिलो हुँदै जान्छ, यसबाट नयाँ सिर्जनाको लहर रोकिन्छ,’ भट्टराईले भनिन्।

हेनुहोस्ः पूर्व डिआइजी रमेश खरेलको सनसरीपूर्ण खुलासा

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल