काठमाडौं । नेकपा एमाले सचेतक सुनिता बरालले पर्यटनसम्बन्धी ऐनलाई तत्काल संशोधन गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नेतृ बरालले पर्यटनसम्बन्धी ऐनलाई समयसापेक्ष बनाउन नसक्दा अपेक्षित काम हुन नसकेको यथार्थलाई आत्मसात गर्नुपर्ने बताएकी हुन्। उनले त्यसै कारण समयसापेक्ष ऐन निर्माण गर्न सरकारलाई सुझाव दिइन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय…