रङ्गशालाको माथिल्लो प्यारापिटमा उभिएरहेरिरहेछु क्रिकेट म्याच रसोचिरहेछु यो अल्पविकसित देशमाकहाँबाट भित्रिए यी चियर गर्लहरू?कहाँ छ यिनको आदिवासी भूगोल?हैरान छु यिनका हर्कतहरूसँग! पिचसम्म पुग्ने स्वीकृति छैन यिनलाई,अलिकति ठाउँ दिइएको छहातगोडा चलाउनका लागि,मैदानमा पस्न हुँदैन भनिएको छर, पस्ने हैसियत राख्नै पनि डराउँछन् यिनीहरू! छन्छनाइरहेछन् यिनका हातमा अझै केही दर्जन साङ्गाहरू,यिनलाई क्रिकेट बलसँग डर लाग्छ,र,तोकिएको ठाउँ छोड्न पनि…