Logo

भारत

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक



काठमाडौं १५ भदौ – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था च्निताजनक रहेको चिकित्सकहरुले बतएका छन्। दिल्लीस्थित आर्मी रिसर्च एण्ड रेफरल अस्पतालमा उपचाररत् मुखर्जीको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

पूर्वराष्ट्रपति मुखर्जीलाई भेन्टिलेटरको सहायतामा कोमामा राखिएको अस्पतालले जनाएको छ। उनको फोक्सोमा संक्रमण भएको छ र विशेषज्ञ डाक्टरहरुले निगरानी गरिरहेको आर्मी अस्पतालले जनाएको छ।

मुखर्जीलाई १० अगस्टमा अस्पतालमा भर्ना गरिएको थियो। र, मस्तिष्कको अप्रेसन गरिएको थियो। त्यसैक्रममा परीक्षण गर्दा उनी कोरोना भाइरसबाट संक्रमित भएको पनि पुष्टि भएको थियो।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल