Logo

समाचार

पछिल्लो २४ घण्टामा थपिए ८९९ जना कोरोना संक्रमित



काठमाडौं, १५ भदौ – पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो।

सोमबारको थपसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ३९ हजार चार सय ६० पुगेको छ। त्यस्तै, अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार चार सय १० पुगेको छ।

संक्रमित निको हुने दर ५४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

हाल कोरोना संक्रमितको सक्रिय संख्या १७ हजार आठ सय २२ जना छन्। संक्रमितमध्ये एक सय ३२ जनाको आइसियू र १६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको गौतमले जानकारी दिए।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल