Logo

समाचार

‘स्वास्थ्यकर्मीलाई डेरामा जान नदिए ११४९ मा फोन गर्नुस्’



काठमाडौं, १४ भदौ – गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरा–घरमा आउजाउमा अवरोध गर्नेलाई कारवाहीको चेतावनी दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र राष्ट्रसेवकलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको बताएका हुन्।

यदि कसैले माथिका कुनै हर्कत गरेमा गृह मन्त्रालयको टोल फ्रि नम्बर ११४९ वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गर्न प्रवक्ता बुढाले आग्रह गरेका छन्। उनले उजुरीकर्ताको विवरण गोप्य राखिने बताएका छन्।

मन्त्रालयले स्थानीयबासीको नाममा उच्छृङ्खल व्यक्तिहरूले काठमाडौं, मोरङ र चितवनमा कोभिड–१९ को नियन्त्रणमा खटेकाहरूलाई दुर्व्यवहार गरेपछि यस्तो निर्देशन दिएको हो।

बिरामीको उपचार खटेका वा महामारी नियन्त्रणमा लागेका जोकोहीलाई सम्मान तथा उत्प्रेरित गर्नुपर्ने भए पनि केही व्यक्तिले उल्टै धम्की दिने, घर घेराउ गर्ने गरिरहेकाले मन्त्रालयले यस्तो निर्णय लिएको हो।

प्रकाशित : १४ भाद्र २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल