Logo

मनोरञ्जन

नेपाल आइडल–३ को विजेता बनिन् सज्जा चौलागाईं, फर्स्ट रनरअप प्रवीण बेडुवाल



काठमाडौं, १२ भदौ – नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले जितेकी छिन्। नेपाल आइडलको स्टुडियो सम्पन्नमा ग्राण्ड फिनालेमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले चौलागाईंलाई विजेता घोषणा गरेका हुन्।

फर्स्ट रनरअप प्रवीण बेडुवाल र सेकेन्ड रनरअप किरणकुमार भुजेल भएको घोषणा अध्यक्ष थापाले गरे। दर्शकको भोट र निर्णायकको मूल्याङ्कनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन्।

एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो। प्रतिस्पर्धाको उत्कृष्ट ३ मा प्रवीण, सज्जा र किरणकुमार पुगेका थिए।

नेपाल आइडल–३ को उपाधिसहित विजेता सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन्। फस्ट रनरअप बेडुवालले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन्।

आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको छ। आइडल प्रोजेक्ट हेड सुरेश पौडेल हुन्।

निर्णायकमा न्ह्यु वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा छन्। मोरङ पथरीकी सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक, पप र भर्सटायल गायिका हुन्।

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल