नारायण कडरिया, झापा, १० भदौ – मुश्लिम बहुल क्षेत्रमा गोरू काटेको विषयको विवाद उत्कर्षमा पुग्दा झापामा एक व्यक्तिले ज्यान गुमाउनु परेको छ। गोरू काटेको अभियोगमा स्थानीय दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि शुरु भएको प्रदर्शन नियन्त्रण गर्न खटिएको सशस्त्र प्रहरीको गोलीले एक व्यक्तिको मृत्यु भएको हो। झापा जिल्लाको दक्षिणी झापा गाँउपालिका–३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लागेर…