Logo

मनोरञ्जन

मनकारी महानायक: राजेश हमालले चलचित्र प्राविधिक संघमा आवद्ध ६ सयको कोरोना बीमा गरिदिने



काठमाडौं, १२ भदौ – महानायक राजेश हमालले चलचित्र प्राविधिक संघमा आवद्ध ६ सय जना प्राविधिकको कोरोना बीमा गर्ने भएका छन्।

केही समय अगाडि भएको प्राविधिक संघका पदाधिकारीसँगको भेटमा उक्त प्रतिवद्धता व्यक्त गरेको प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले जानकारी दिए।

कोरोना बीमाका लागि हमालले नामावली लिएर आउन आग्रह गरेको लामाले बताए। हमालले ६ सय प्राविधिकको बीमाको अलवा आर्थिक अवस्था कमजोर रहेका केही सदस्यलाई समेत आर्थिक सहयोग गर्ने भएका छन्।

हाल प्रविधिक संघमा १३ सय बढी सदस्यहरु रहेका छन्। ती मध्ये करिब ६ सय चलचित्रको काममा पछिल्लो समयसम्म पनि सक्रिय प्राविधिक हुन्। पहिलो चरणमा उनीहरूकै बीमा गरिने छ।

‘हामी बीमाका लागि प्राविधिक संघको पदाधिकारीको बैठकबाट सर्वसम्मत रुपमा ६ सय जना प्राविधिकको नामावली पठाउने तरखरमा थियौं’ लामाले भने, ‘तर सरकारले गरेको अचानकको निषेधाज्ञाले बैठक बस्न सकेका छैनौं।’ निषेधाज्ञा खुलेसँगै बैठक बसेर बीमाका लागि राजेशलाई नाम पठाउने लामाको भनाइ रहेको छ।

कोरोनाका कारण विगत ६ महिनायता चलचित्र क्षेत्र ठप्प छ। चलचित्र क्षेत्र ठप्प भएका कारण अहिले हजारौं प्राविधिक बेराजगार भएका छन्। काम नभएपछि उनीहरुलाई बिहान बेलुकाको छाक टार्नसमेत समस्या पर्दै गएको छ। चलचित्रसँग सम्बन्धित संघसंस्थाले प्राविधिकका लागि बेलाबेलामा केही राहत उपलब्ध गराउदै आएका छन्।

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल