Logo

समाचार

कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु, काठमाडौंमा एकैदिन ४ सय १५ थपिए



काठमाडौं, १२ भदौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङमा २ जनाको मृत्यु भएको हो। झापा, भक्तपर, मकवानपुर, उदयपुर, पर्सा, लमजुङ, रुपन्देही, धनुषा, सिरहा र चितवनमा १–१ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमित ८ जना पुरुष र ४ जना महिलाको मृत्यु भएको हो। यो तथ्याङ्कसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ९५ पुगेको छ।

डा. गौतमका अनुसार २२ जना कोरोना भाइरस संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। बागमतीमा १७, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा २ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट थप ४ सय १५ जना संक्रमित भएका छन्। काठमाडौंमा ३ सय ५०, ललितपुर ११ र भक्तपुरमा ५४ गरी ४ सय १५ जनामा संक्रमण पुष्टि भएको हो। देशभर ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिएका छन्।

नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ। ८ हजार ९ हजार ४९ क्वारेन्टाइनमा रहेको र २० हजार २ सय ४२ जना कोरोनामुक्त भएको गौतमले बताएका छन्।

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल