Logo

राजनीति

सिटिइभिटीबाट सञ्चालित स्वास्थ्य तालिम खारेज गर्ने निर्णयप्रति नेविसंघकाे आपत्ति



काठमाडौं, १५ भदौ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)बाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी स्वास्थ्य तालिम खारेज गर्ने निर्णयप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आपत्ति जनाएको छ। परिषदबाट सञ्चालित सिएमए, अनमी, ल्याब असिस्ट्यान्ट र आयुर्वेदिक लगायत १८ महिने स्वास्थ्य तालिम खारेज गर्ने निर्णयप्रति नेविसंघले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।

अध्यक्ष राजीव ढुंगानाले सोमबार एक विज्ञप्ति जारी गर्दै यसबारे भावी योजना र विकल्प नदिइ १८ वर्षदेखि सञ्चालित तालिम बन्द गर्दा यसले विद्यार्थीमा ठूलो अन्यौलता छाएको बताए।

‘नयाँ शैक्षिक सत्र र भर्ना तथा पठनपाठनको सम्पूर्ण तयारी भैसकेको अवस्थामा विद्यार्थी, अभिभावक र शिक्षण संस्थामाथि यो निर्णयले ठूलो नकारात्मक असर पारेको छ।’ विज्ञप्तिमा उल्लेख छ।

‘पूर्वाधार सम्पन्न संस्थाहरुलाई अपग्रेड गर्ने सम्बन्धमा कुनै सोच नराख्ने, चलिरहेका यस्ता सीपमूलक तालिमहरु बन्द गराउने तर label-1,label-2 जस्ता तालिमहरु मार्फत् शुल्क असुल्ने क्रियालाप खराब नियत र मनशायबाट ग्रसित रहेको प्रष्ट छ’, विज्ञप्तिमा भनिएको छ। ‘CTEVT अध्ययन गर्ने विद्यार्थीहरुको विगत १३-१४ महिना अगाडि दिइएको परीक्षाको परीक्षाफल रोकिएको, सबै विकल्पसहितको वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन हुन नसकेको, परीक्षा सञ्चालन गराउने सम्बन्धमा गम्भीरता नदेखाएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल