काठमाडौं, २६ भदौ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तले न्याय पाउनु पर्नेमा जोड दिएका छन्। शर्माले अपराधीलाई कानूनी दायरामा ल्याउन पनि सरकारसँग माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै गरेको ट्वीटमा शर्माले सोधेका छन्, ‘सम्माननीय प्रधानमन्त्री ज्यू, यहाँको ‘रामराज्य’मा निर्मलाले न्याय नपाउने निश्चित भएको…