विश्वेश्वरप्रसाद कोइराला – लामो प्रवासकालपछि हामी स्वदेश फर्कंदै छौँ। यस अवसरमा एक, दुई शब्द देशबासीहरूको नाममा सम्बोधन गर्नु उचित ठान्दछु। हाम्रो देश आज राष्ट्रिय सङ्कटमा छ। यता केही वर्षदेखि यो सङ्कट चर्किंदै गएको कुरा सबैले महसूस गरेकै हो। यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ। यस तथ्यलाई अरूले पनि स्वीकारेका छन्। महाराजाधिराजलगायत सबैले…