काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले काठमाडौंस्थित भारतीय राजदूताबास घेर्ने भएको छ। नेपालको भूमि मिचेर भारतले जारी गरेको नयाँ नक्सा सच्याउने दवाव दिने उद्देश्यले अनेरास्ववियूले लैनचौरस्थित भारतीय राजदूताबास घेर्ने तयारी गरेको हो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा तथा विद्यार्थी विशेष जिल्ला कमिटी सचिव एवम् विद्यार्थी नेतृ सुनिता बरालले भोलि शुक्रबार बिहान…