काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गरेका छन्। काठमाडौंको सुन्दरीजल, सिन्धुपाल्चोक हुँदै नुवाकोटको चिसापानीसम्म पुगेका उपराष्ट्रपति पुनले बिहीबार नुवाकोटको शिवपुरी, पञ्चकन्या, दुप्चेश्वरलगायत गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेका हुन्। अवलोकनका क्रममा उपराष्ट्रपति पुनले यस क्षेत्रलाई हाइकिङ, पदमार्ग एवम् होमस्टेसहित पर्यटकीय गन्तव्य बनाउन सके यसबाट धेरै आम्दानी लिन…