Logo

राजनीति

कास्की २ मा नेकपा नेतृ विद्या भट्टराई विजयी, कांग्रेस उम्मेदवारले दिए बधाई



पोखरा – कास्की क्षेत्र नम्बर–२ को प्रतिनिधिसभा सदस्यमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विद्या भट्टराई अधिकारी भारी मतान्तरसहित विजयी भएकी छिन्।

नेतृ भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गरी विजयी भएकी हुन्। आइतबार साँझ आएको मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेका छन्।

नेतृ भट्टराईले विजयी भएपछि प्रतिक्रिया दिँदै आफ्ना दिवंगत पति रवीन्द्र अधिकारीको स्मरण गरिन्। उनले यो जनमत रवीन्द्र अधिकारीप्रतिको सम्मान र नेकपा र आफूप्रतिको भरोसा मानेको बताएकी छिन्।

प्रतिनिधिसभा सांसद एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएपछि उपनिर्वाचन भएको हो। नेकपाबाट रवीन्द्रकी श्रीमती विद्या उम्मेदवार भएकी थिइन्।

विजयी नानीलाई हृदयले बधाई, राम्रो गर्नु: पौडेल

नेपाली कांग्रेसका नेता एवम् कास्की क्षेत्र नम्बर २ का उम्मेदवार खेमराज पौडेलले नेकपा नेतृ विद्या भट्टराई अधिकारीलाई बधाई लिएका छन्। पौडेलले राम्रो काम गर्ने अपेक्षा व्यक्त गरेका छन्।

‘सम्झिदिनु एक निष्ठावान मान्छे चुनाव हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियोे मेरो जीवन। म इमानदार रहनेछु कास्कीको म प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति। राजनीति जितें, मत जितिनँ तर सायद मन जितें कि जस्तो लाग्छ। विजयी नानीलाई हृदयले बधाई, राम्रो गर्नु,’ पौडेलले ट्वीट गर्दै भनेका छन्।

प्रकाशित : १५ मंसिर २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: