Logo

प्रदेश

लालकिल्लामा चारतारे झण्डा: कम्युनिष्टगढ भक्तपुरमा कांग्रेस नेता भँडेलको शानदार जीत



भक्तपुर – भक्तपुर क्षेत्र नम्बर १ (क) मा ऐतिहासिक जीत निकाल्दै नेपाली कांग्रेसले चार तारे भण्डा फहराएको छ। नेपाली कांग्रेस नेता कृष्णलाल भँडेलले शनिबार सम्पन्न निर्वाचनका मत परिणाम अनुसार १३ हजार ४ सय ४९ मत प्राप्त गरी प्रदेशसभा सदस्य बन्न सफल भएका हुन्।

भँडेल विजयी हुँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत प्राप्त गरेका छन्। कम्युनिष्ट गढमा नेपाल मजदुर किसान पार्टीका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन्।

२०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा एमालेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याइ विजयी भएका थिए। लामिछानेको मष्तिस्कघातबाट निधन भएको हो।

सोही निर्वाचनमा नेपाली कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७ र नेमकिपाका लवजुले ७ हजार १९ मत प्राप्त गरेका थिए। ४५ हजार १५ मतदाता रहेको भक्तपुर क्षेत्र नम्बर १ (क) मा शनिबार सम्पन्न उपनिर्वाचनमा ७१ दशमलव १७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ।

प्रकाशित : १५ मंसिर २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल