Logo

आर्थिक

बिर्तामोड खानेपानीमा लोकतान्त्रिक प्यानलै विजयी, अध्यक्षमा जलकुमार गुरुङ



झापा – जलकुमार गुरुङको नेतृत्वमा चुनावी मैदानमा होमिएको लोकतान्त्रिक प्यानल विर्तामोड साना सहरी तथा खानेपानी उपभोक्ता संस्थाको चुनावमा शानदार विजयी भएको छ ।

अध्यक्ष पदमा गुरुङ (१७०४मत) प्रतिष्पर्धी प्रगतिशील प्यानलका उम्मेद्वार ज्ञानुराम प्रसाई (९२० मत)को भन्दा लगभग दोब्बर मत प्राप्त गरी विजयी भएका छन् ।

उपाध्यक्ष पदमा पर्शुराम सिटौला (१६३७) र सचिव पदमा मेघराज बाँस्तोला (८३८) लगायत लोकतान्त्रिक प्यानलको पुरै प्यानल बिजयी भएको छ । कोषाध्यक्ष पदमा शारदा रिजाल (१५१०) बिजयी भए।

पदाधिकारीको चुनावमा प्रगतिशील प्यानलको तुलनामा लोकतान्त्रिक प्यानलका उम्मेद्वारहरुले प्रायः दोब्बर मत ल्याएर जितेका छन् ।

तीन वर्षे कार्यकालका लागि मंसिर २५ गते मतदान र २६ गते विहानदेखि मतगणना भएको थियो । १३ घण्टा गणना कार्यपछि परिणाम आएको थियो । १२८ मत बदर भएको थियो । निर्वाचनमा ३७१३ मतदाता भएकोमा २८१३ मत खसेको थियो ।

पदाधिकारीको मतपरिणाम यसप्रकार छ :

जलकुमार गुरुङ : १७०४ (अध्यक्ष बिजयी), ज्ञानुराम प्रसाई : ९२०

पर्शुराम सिटौला : १६३७ (उपाध्यक्ष विजयी), बुद्धिप्रसाद घिमिरे : ९१८

मेघराज बाँस्तोला : १७३८ (सचिव विजयी), जनबहादुर जबेगु : ८३८

शारदा रिजाल : १५१० (कोषाध्यक्ष विजयी), कमल पौडेल : १०४७

देबेन्द्र सिटौला : १६६७ (सदस्य बिजयी) पारसमणि मैनाली : १५९४ (सदस्य बिजयी) मायादेवी प्रधान : १६२० (सदस्य बिजयी) सीतादेवी काफ्ले : १५७९ (सदस्य बिजयी) बालादेवी खरेल : १५८७ (सदस्य बिजयी)

शंकर ढुंगेल : ८९० श्रीप्रसाद सिटौला : ८९३ सीता सापकोटा : ९५० विनिता राजबंशी : ९२२ हिमादेवी प्रसाई : ९५२

बदर मत : १२८

प्रकाशित : २७ मंसिर २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल