Logo

राजनीति

चिनियाँ राष्ट्रपति असोज २५ गते नेपाल आउने



काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण तालिका तय भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिकाबारे जानकारी गराएको हो।

सीको नेपाल भ्रमण आगामी अगस्ट १२ र १३ तारिख अर्थात् असोज २५ र २६ गते हुने परराष्ट्र मन्त्रालयतले जानकारी गराएको छ। विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्न लागेको जानकारी गराइएको छ।

भ्रमणमा क्रममा चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति भण्डारीबीच औपचारिक भेटवार्ता हुनेछ। चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुने जानकारी परराष्ट्र मन्त्रालयतले जानकारी दिएको छ।

नेपाल र चीनबीच महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने तथा नेपालका वरिष्ठ नेताहरूसँग चिनियाँ राष्ट्रपतिको भेट हुने परराष्ट्रले जानकारी दिएको छ।

प्रकाशित : २२ आश्विन २०७६, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल