काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले ‘समसामयिक अर्थ–राजनीतिको समीक्षा’ कार्यक्रम आयोजना गर्यो। काठमाडौंको लैनचौर ब्याङ्केटमा बिहीबार आयोजित कार्यक्रम विभिन्न कारणले विशिष्ट थियो। उद्घाटनसत्र थिएन, न त आसनग्रहण नै भयो। न भाषणको लामो ताँती थियो। सीधा विषयमा प्रवेश गरेर शुरु भएको कार्यक्रममा उपस्थित पनि उत्साहित देखिन्थे। र, उनीहरु भन्दैथिए, ‘नेपाली कांग्रेसले शुरु गरेको यो…