काठमाडौं, १५ साउन – नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको निर्देशन अनुसार मंगलबार ७७ जिल्लामा नै व्यापक सहभागिताका साथ विरोध प्रदर्शन सम्पन्न भएको छ। अधिनायकवाद उन्मुख सरकारका विरुद्धमा भएको प्रदर्शनमा ५ लाखभन्दा बढी पार्टीका नेता, कार्यकर्ता र शुभ चिन्तकहरुको सहभागिता रहेको जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएका हुन्। ‘आजको प्रदर्शन खासगरी डा. गोविन्द केसी र सरकारबीच…