काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन र युवा संगठनले सबै निजी मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी ट्रष्टमा रुपान्तरण गर्न सरकारलाई सुझाव दिएका छन्। चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या र प्रा.डा. गोविन्द केसीको आन्दोलनका सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै विद्यार्थी र युवा संगठनले नेपालको संविधानको प्रस्तावनामा उल्लेखित समाजवाद उन्मुख व्यवस्थाको मर्म एवं शिक्षा…