Logo

राजनीति

अध्यक्षद्वय ओली र प्रचण्डलाई सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मा



काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले साङ्गठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले साङ्गठनिक एकीकरणसम्बन्धी प्रस्ताव अब बस्ने सचिवालय बैठकमा पेश गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।

बुधबार र बिहीबार बसेको सचिवालय बैठक एकीकरणसम्बन्धी विषयमा टुङ्गोमा पुग्न नसकेकाले मापदण्ड बनाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको हो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक।

अध्यक्षद्वयले प्रस्तुत गर्नुहुने प्रस्तावलाई स्थायी समितिको बैठकमा प्रस्तावका रुपमा लैजाने उहाँले बताउनभुयो।

उहाँले भन्नुभयो – ‘अध्यक्षद्वयले सचिवालय बैठकमा प्रस्तुत गर्ने प्रस्तावलाई स्थायी समितिमा पेश गरिनेछ, उक्त प्रस्ताव स्थायी कमिटीले स्वीकृत गरेसँगै साङ्गठनिक एकीकरणको प्रक्रिया अघि बढ्नेछ।’

शुक्रबार बिहान दुई अध्यक्षबीच एकीकरणका विषयमा थप छलफल हुने उहाँले जानकारी दिनुभयो।

प्रकाशित : २९ भाद्र २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: