Logo

भारत

राहुल गान्धी काठमाडौंबाट ल्हासा हुँदै मानसरोवरतर्फ



काठमाडौं – भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौंबाट ल्हासातर्फ प्रस्थान गरेका छन्।

धार्मिक यात्राका लागि मानसरोवर जाने क्रममा शुक्रबार काठमाडौं आएका अध्यक्ष गान्धी एयर चाइनाको उडानबाट शनिबार दिउँसो ल्हासा प्रस्थान गरेका हुन्।

प्रसिद्ध धार्मिकस्थल कैलाश मानसरोवर र राहुल गान्धी।

काठमाडौंमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेकको शिखर सम्मेलन चलिरहेको बेला गान्धी काठमाडौंमा आइपुगेका थिए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका प्रमुख प्रतिपक्षी दलका अध्यक्ष गान्धी काठमाडौंमा एकै समय रहनुलाई एउटा संयोगकै रुपमा हेरिएको छ।

प्रकाशित : १७ भाद्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल