Logo

भारत

आमाकै प्रेमीले गरे दुई किरोशीको बलात्कार, बाबुले पनि ६० हजारमा छोरीहरू बेच्न खोजेपछि…



राजस्थानको चित्तौडगढमा दुई नाबालिग दिदिबहिनीको बला’त्कार भएको छ। भारतीय सञ्चारमाध्यम आजतकका अनुसार उनीहरुको आमाका प्रेमीले बला’त्कार गरेका हुन्।

दिदिबहिनीले पछिल्लो ६ वर्षदेखि आफूहरु बला’त्कार हुँदै आएको बताएका छन्। शेल्टर होममा काउन्सिलिङको क्रममा उक्त घटना बाहिरिएको हो। शेल्टर होम तथा बाल कल्याण समितिले घटनाबारे पहिले नै प्रहरीलाई जानकारी दिए पनि कुनै कार’वाही नभएको आरोप लगाएको छ।

हाल पुन उ’जुरी दर्ता भएको छ। प्रहरीका अनुसार ३ दिदिबहिनी शेल्टर होममा बस्दै आएका छन्। उनीहरुको बुवा भीलवाडामा बस्दछन् भने आमा प्रेमीको साथ सदर थानानजिकै बस्दै आएकी छिन्।

पीडित बच्चीहरुको दिदिले पुलिसलाई बताएअनुसार उनकी आमा दिनहुँ मजदुरीका लागि बाहिर जान्थिन्। त्यसपछि आरोपी पुरुष आएर उनको बहिनीहरुसँग दुश्’कर्म गर्ने गर्दथे। यसबारे कसैले भनेमा उनीहरुलाई मा’र्ने ध’म्की दिन्थे। उनीहरुले आफूहरुमाथि भएको कु’कर्मको बारेमा आफ्नी आमालाई बताएका थिए। तर उनले वास्तै गरिनन्।

त्यसपछि उनीहरु आफ्नो बाबुका साथ भिलवाडा गएका थिए। त्यहाँ उनका बाबुले उनीहरुलाई ६०–६० हजारमा बे’च्न खोजेको थाहा पाएपछि पुनः आमा भएकै ठाउँमा फर्किएका थिए।

हाल प्रहरीले घटनाको ग’म्भीर अनुसन्धान शुरु गरिसकेको छ। यधाशीघ्र आरोपीलाई प’क्राउ गरी आवश्यक कार’वाही प्रक्रिया अघि बढाउने प्रहरी अधिकारीले जानकारी दिएका छन्।

प्रकाशित : १४ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल