Logo

भारत

शारिरीक सम्बन्ध राख्न नदिएको निहुँमा श्रीमतीकाे गोली हानी हत्या, ३ बच्चालाई जिउँदै नहरमा फाले



विश्वमा सबैभन्दा धेरै आपराधिक गतिविधि हुने देशमा भारत पनि पर्छ। भारतमा दैनिकसजो हत्या, हिंसा, बलात्कारजस्ता घटनाहरु सार्वजनिक भइरहेका हुन्छन्। यसैबीच उत्तर प्रदेशको मुजफ्फरनगरमामा आपसी विवाद हुँदा श्रीमानले गोली हानी श्रीमतीको हत्या गरेका छन्।

श्रीमातीको हत्या गरेपछि श्रीमान ३ बच्चा लिएर फरार भएका थिए। गोलीको सुचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। समाचारमा बताइएअनुसार मृतकको विवाह १० वर्ष पहिले भएको थियो। शुरुमा उनको विवाह आरोपीका दाईसँग भएको थियो। बिरामी भएर दाईको निधन भएपछि ती महिलाको बिहे आरोपीसँग भएको थियो।

विवाहपछि उनीहरुबीच निरन्तर झैझगडा हुने गरेको बताइएको छ। प्रहरीले हाल आरोपीलाई पक्राउ गरेको छ। इण्डियन एक्सप्रेसको रिपोर्टअनुसार आरोपी बुधबार पक्राउ परेका हुन्। ती पुरुषले हत्या गरेको स्वीकार गरेका छन्। उनले आफ्नो श्रीमतीले १५ दिनदेखि शारिरीक सम्बन्ध राख्न नदिएका कारण हत्या गरेको बताएका छन्।

ती पुरुषले आफ्नो ३ बच्चालाई जिउँदै नहरमा फालिदिएको बताएका छन्। हालसम्म बच्चाको शव बरामद नभएको प्रहरीले जानकारी दिएको छ। बच्चाहरुको खोजीका साथै आवश्यक अनुसन्धानलाई तीव्रता दिइएको प्रहरीको भनाइ छ।

प्रकाशित : १३ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल