काठमाडौं, २८ वैशाख – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन र राष्ट्रिय युवा संघ नेपालले नेपालसँगका अन्तर्राष्ट्रिय सीमानालाई व्यवस्थित गर्न दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्ने बताएका छन्। सत्तारुढ नेकपाका भ्रातृ संगठन अनेरास्ववियू र युवा संघका शीर्ष नेताहरूले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै सीमानाको सुरक्षाका लागि काँडेतार लगाउन र सुरक्षा फौज राख्न माग गरेका हुन्। सीमानाको विषयमा…