Logo

राजनीति

‘प्रधानमन्त्रीज्यू, महामारी र भोकमरी भोगिरहेका जनताले सोध्दैछन्– सरकार कहाँ छ?’



काठमाडौँ, २६ वैशाख – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. डिला पन्त संग्रौलाले कोरोना भाइरसको संक्रमण समुदायमा फैलिन नदिने तयारी थाल्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।

डा. संग्रौलाले सम्भावित क्षेत्रमा तत्कालै स्वास्थ्य टोली परिचालन गरी तीव्र रूपमा परीक्षण थाल्न सरकारसँग माग गरेकी हुन्। आवश्यक पूर्वाधारको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको पर्याप्त आपूर्ति गर्न र चिकित्सकको टोली सबै क्षेत्र परिचालन गर्न संग्रौलाको माग छ।

साथै लकडाउनका कारण मजदुर, श्रमिक र विद्यार्थीहरू अहिले सबैभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै संग्रौलाले सबैलाई समेटेर राहत प्याकेज घोषणा गर्न संग्रौलाले माग गरिन्।

संग्रौलाले व्यक्तिगत सुरक्षा सामग्री पिपिई, परीक्षण कीट तथा चिकित्सकीय टोलीलाई आवश्यक पर्ने सम्पूर्ण सामग्री उपलब्ध गराउनुपर्ने सरकारको दायित्व स्मरण गराएकी छिन्।

हेनुहोस् विशेष अन्तरवार्ता:

सहकारी आन्दोलनमा बिपी कोइराला र मदन भण्डारीको योगदान के थियो?

साझा टिम बनाएर काम गरौँः कांग्रेस नेतृ संग्रौला

कोरोनाविरुद्धको लडाइँमा सबै राजनीतिक शक्ति एकै ठाउँमा आएका बेला साझा टिम बनाएर काम गर्नुपर्ने तर्क कांग्रेस नेतृ संग्रौलाले गरेकी छिन्। संकटको घडीमा जनताले अनुभूति गर्नेगरी काम गर्न सरकारलाई सुझाव दिएकी छिन्।

नागरिक लकडाउन र महामारीको अभावमा दैनिकी गुजार्न पनि समस्यामा रहेका बेला सरकारको कार्यशैली जनहित विपरीत रहेको र प्रधानमन्त्री केपी ओली पनि आफ्ना मन्त्रीलाई काम लगाउन नसक्ने अवस्थामा रहेको संग्रौलाले बताइन्।

‘प्रधानमन्त्रीज्यू, महामारी र भोकमरी भोगिरहेका जनताले सोध्दैछन्– सरकार कहाँ छ? अनि तपाई के गर्दै हुनुहुन्छ? मन्त्रीहरूको कार्यशैलीका बारेमा तपाई साँच्चै जानकार हुनुहुन्न?,’ संग्रौलाको प्रश्न छ।

विस्तृत कार्यक्रम र प्रष्ट दृष्टिकोण बनाएर अघि बढेर अझै पनि ओलीका अगाडि सफल प्रधानमन्त्रीको छवि बनाउने अवसर रहेको टिप्पणी नेतृ संग्रौलाले गरेकी छिन्।

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल