Logo

बागमती प्रदेश

नेपाली कांग्रेस क्षेत्रीय समितिद्वारा काठमाडौं–२ का अस्पताललाई स्वास्थ्य सामग्री प्रदान



काठमाडौं, २० वैशाख – नेपाली कांग्रेस क्षेत्र नम्बर–२ ले मेडिकल सामग्री र खाद्यान्न वितरण गरेको छ। बिहीबार उपचारमा संलग्न चिकित्सकका लागि अत्यावश्यक पिपिई १ सय ५५ थान वितरण गरिएको हो।

सुष्मा कोइराला मेमोरियल अस्पताल, पिपुल अस्पतालसहित क्षेत्रका सबै अस्पतालमा पिपिई हस्तान्त्रण गरिएको छ। सो क्षेत्रमा पर्ने सबै जसो स्वास्थ्य संस्थामा पिपिई हस्तान्तरण गरिएको छ।

कांग्रेस क्षेत्रीय सभापति उपेन्द्र कार्की नेतृत्वको टोलीले अस्पतालमा पिपिई वितरणपछि लकडाउनका कारण अलपत्र नागरिकलाई सार्वजनिक स्थानमा खाना खुवाइरहेका स्थानमा चामल आलु, दाल, नुन लगायतका खाद्य सामग्री सहयोग गरेका छन्।

सो क्षेत्रमा त्यस्ता खाना खुवाइएका १५ स्थानमा पुगेर १ सय बोरा चामल, ५० प्याकेट आलु, दाल, नुन, तेल, केराउ लगायतका खाद्य सामग्री वितरण गरिएको सभापति कार्कीले जानकारी दिए।

त्यस्तै, सर्वसाधारणका लागि करिब २५ सय थान मास्क पनि वितरण गरिएको छ। काठमाडौं क्षेत्र नम्बर–२ मा काठमाडौं महानगरपालिकाका दुई वटा वडा, वडा नम्बर–३२ र ९ पर्छन्।

त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिका र शंकरापुर नगरपालिका पर्छ। ती सबै स्थानीय तहमा पुग्ने गरी राहत वितरण गरिएको हो।

एक हजार थान मास्क कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीले, एक सय ५५ थान पिपिई र १५ सय थान मास्क कांग्रेस क्षेत्रीय सदस्य मिनाज खान र खाद्यान्न सामग्री काठमाडौं नम्बर–२ का नेताहरुले सहयोग गरेका थिए।

प्रकाशित : २० बैशाख २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल