Logo

राजनीति

मसाल बोकेर सडकमा उत्रिए नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघ



काठमाडौँ, २८ वैशाख – नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस तारकेश्वर नगरपालिका–४ को आयोजनामा काठमाडौँमा मसाल जुलुस प्रदर्शन गरिएको छ।

भारतीय पक्षले दार्चुला जिल्लास्थित लिपुलेकमा सडक बनाएको विरोधमा नेवि संघ र कांग्रेस वडा समितिले प्रदर्शन गरेका हुन्।

साथै चिनियाँ मिडियाले सगरमाथाका बारेमा गरेको गलत प्रचारविरुद्ध पनि प्रदर्शन गरिएको छ। साथै प्रदर्शनका उत्रिएका युवा र विद्यार्थीले नेविसंघ अध्यक्ष, महामन्त्रीसहितको पक्राउको विरोध गरेका छन्।

लोलाङदेखि बाइपाससम्मको मसाल जुलुस र विरोध प्रदर्शन गरिएको नेवि संघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले बताए।

विरोध प्रदर्शनमा नेपाली कांग्रेस तारकेश्वर–४ का सभापति मनोज राना, महासमिति सदस्य डिल्लीराम सापकोटा, वरिष्ठ अधिवक्ता ठाकुरराम आचार्य, प्राध्यापक संघका केन्द्रीय सल्लाहकार धनेश्वर नेपाल लगायत सहभागी थिए।

विद्यार्थी नेताहरू सन्तोष गुरुङ, जीवन राना, सुशान्त आचार्य, सुदीप अधिकारी, स्थानीय नेताहरू देविराज छत्कुल्ली, खड्गबहादुर थापा, कृष्ण अधिकारी, रामशरण अधिकारी, टेकनाथ दाहाल लगायतको उपस्थिति रहेको थियोे।

प्रदर्शनमा उत्रिएका कांग्रेस नेता र विद्यार्थी नेताहरूले अतिक्रमित भूमि फिर्ता गराएरै छाड्ने अठोट व्यक्त गरेका छन्।

साथै, उनीहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि रहेको र यसमा कसैको नजर लगाउन नदिने उद्घोष पनि गरेका छन्।

हेर्नुहाेस्: सहकारी आन्दोलनमा बिपी कोइराला र मदन भण्डारीको योगदान के थियो?

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल