Logo

राजनीति

कर्णालीबासीका लागि आफै राहत बोकेर पुग्छन् यी युवा नेता



काठमाडौँ, २९ वैशाख – कोरोना भाइरसको महामारी र लकडाउनबाट उत्पन्न संकटसँग जुध्नका लागि सीमित सामाजिक अगुवाहरू समाजमा अग्रपंक्तिमा छन्।

लकडाउनले बेरोजगारीको विकराल अवस्था सिर्जना हुँदा श्रमिक, मजदुर, विद्यार्थी र निम्न आय भएका नागरिकहरू निकै ठूलो समस्या भोगिरहेका छन्।

त्यसो त काठमाडौँ उपत्यकामा बस्ने राजधानी बाहिरका नागरिकको अवस्था अझै गम्भीर छ। कर्णालीबाट काठमाडौँ आएर अध्ययन र श्रम गर्ने नागरिकको कथा पनि उस्तै छ।

तर, राज्य प्रशासनको सहयोग नभएपछि पनि नागरिकको भरोसा र सारथि बनेर उभिएका छन् कालिकोट स्थायी घर भएका नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजङ्ग शाही।

कर्णाली प्रदेश, कालिकोटबाट काठमाडौँमा आएर मजदुरी तथा विभिन्न पेशा व्यवसाय गरिरहेका मानिसहरू पनि लकडाउनले गर्दा समस्यामा परेकाले राहत वितरण कार्य तीव्र पारिएको शाहीले बताए।

एक गाडी राहत लिएर दक्षिणकाली

लकडाउनले राजधानीमा समस्यामा परेका कालिकोट तथा कर्णालीबासीलाई नेपाली कांग्रेसका युवा नेता तथा तरुण दल महासचिव भुपेन्द्रजंग शाही, नेपाली कांग्रेस कालिकोटका सभापति हर्षबहादुर बमलगायतले खाद्य सामग्री सहयोग गर्दै आइरहेका छन्।

युवा नेता शाही, पार्टी जिल्ला सभापति बमको पहल तथा राजधानीको दक्षिणकाली नगरपालिका वडा नम्बर–९ का वडा अध्यक्ष अम्रिका बलामी र कांग्रेसका स्थानीय नेता राजेन्द्र खत्रीको समन्वयमा कालिकोटका १० परिवारलाई खाद्य सामग्री प्रदान गरिएको छ।

लकडाउनले यातायात बन्द भयर हिँडडुल गर्नै गाह्रो भएको सयममा उत्तरदायित्वको बोध गरी दक्षिणकालीसम्म पुगेर उनीहरुलाई ३० किलोको १० बोरा चामलसँगै अन्य खाद्य सामग्री प्रदान गरिएको हो।

युवा नेता शाहीले अझै पनि कोही बेखर्ची बनेको भए र असहजतामा परेको भए उनीहरूलाई सहयोग गर्ने बताए।

सुत्केरीको परिवारलाई गरिएको त्यो सहयोग

नेपाली कांग्रेसका युवा नेता शाहीले चैत महिनादेखि नै राहत वितरण शुरू गरेका हुन्। वैशाखको शुरूमै उनले कालिकोट जिल्ला पचालझरना गाउपालिका–३ घर भएकी एक महिलालाई खाद्यान्न र नगद प्रदान गरेका थिए।

सुत्केरी लालसरा परियार, उनका श्रीमान् हंश परियार र छोराछोरीका लागि नेता शाहीले आवश्यक खाद्यान्न र नगद प्रदान गरेका हुन्।

सुत्केरीका परिवारलाई लकडाउन भरिका लागि आवश्यक पर्ने सम्पूर्ण खाद्यान्नको प्रबन्ध आफूले गरिदिने शाहीले बताए।

लालसरालाई सुत्केरी व्यथाले च्यापेपछि चैत्र १० गते काठमाडौं आएकी थिइन्। काठमाडौंमा प्रसुति गराइयो। छोरी जन्माइन्। तर, ११ गतेबाट शुरू लकडाउनका उनीहरुको विचल्ली भयो।

कालिकोट फर्किन नपाएपछि उनीहरुले नेता शाहीलाई सहयोग मागेका थिए। ‘मेरा जिल्लाबासीलाई मैले सहयोग गर्नैपर्छ, त्यो मेरो दायित्व हो,’ शाहीले भने, ‘यो प्रयास अझै निरन्तर रहन्छ।’

राहत कार्यका यसरी जुटे शाही

काठमाडौं उपत्यकामा रहेका कालिकोटबासीलाई कांग्रेसका युवा नेता शाहीले वैशाख पहिलो साता खाद्य सामग्री वितरण प्रदान गरेका थिए।

शाहीले कालिकोटबाट आएर मजदूरी गर्ने, बिरामी र विद्यार्थीहरुलाई १ हजार ७ सय किलो चामल, १ सय ७० किलो दाल, १ सय ५० प्याकेट तेल प्रदान गरे।

भक्तपुरदेखि थानकोटसम्म पुगेर नेता शाहीले कालिकोटसहित दैलेख, मुगु, सुर्खेत, जाजरकोटका २ सय परिवारलाई खाद्यान्न वितरण गरेका हुन्। अझै पनि अप्ठ्यारोमा परेकालाई आफूले सक्दो सहयोग गर्ने शाहीले बताएका छन्।

हेर्नुहाेस्: सहकारी आन्दोलनमा बिपी कोइराला र मदन भण्डारीको योगदान के थियो?

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल