Logo

राजनीति

‘प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको सहमतिले सरकार सशक्त बन्छ, पार्टी गतिशील बन्छ’



काठमाडौँ, २५ वैशाख – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मतभेद ल्याउन धेरै प्रयासहरू भइरहेको बताएका छन्।

संयोजक महरले प्रधानमन्त्री एवम् अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड यो विषयमा जानकार रहेकाले प्रतिगामीका तमाम षड्यन्त्र सफल नहुने प्रष्ट पारेका छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यू र पार्टीका श्रद्धेय अध्यक्षबीच अनेक विवाद छन् भनेर गरिएको चर्चा वास्तविक होइन, कम्युनिष्ट पार्टी बहसबाटै शक्तिशाली हुने हो, तर सैद्धान्तिक बहसलाई विवाद भनेर चर्चा गर्नेहरू असफल हुन्छन्, उनीहरूको दुषित योजना सफल हुँदैन,’ महरले भने।

सरकारको सफलतालाई केहीले नरूचाएको तर्क गर्दै महरले पार्टी एकढिक्का हुँदा जमानत जफत हुने स्थिति आएपछि धेरैको निन्द्रा हराएको टिप्पणी गरे। ‘सिद्धान्त बिनाका केही समूह नेकपाविरुद्ध लागेका छन्, हामी सचेत हुनुपर्छ,’ उनले भने।

नेकपाको सरकारले नै आर्थिक रूपान्तरणको रोडम्याप बनाएकाले अब मुलुक कोरोनाको महामारीसँगै लड्दै समृद्धिको बाटोमा अघि बढ्ने धारणा संयोजक महरले राखेका छन्।

‘सरकारले विकास र समृद्धिका कामलाई योजनावद्ध रूपमा अघि बढाइरहेको छ, नेकपा आन्तरिक रूपमा अझै सशक्त र गतिशिल बन्दै गइरहेको छ, त्यसैले प्रतिगामी र परिवर्तन विरोधीहरूलाई चिन्ता लागेको हो,’ महरले भने।

नेकपा बहसबाट नयाँ विचार निर्माण गर्दै नेकपा पूर्ण रूपमा एकताबद्ध भएर अघि बढ्ने संयोजक महरले बताए। उनले नेकपाका विरुद्ध कसैले दुष्प्रचार गरे चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन्।

हेनुहोस् विशेष अन्तरवार्ता:

सहकारी आन्दोलनमा बिपी कोइराला र मदन भण्डारीको योगदान के थियो?



प्रकाशित : २५ बैशाख २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल