पाेखरा, ३० जेठ – नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाका स्वतन्त्र सांसद् तथा प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेमाथि गम्भीर आरोप लगाएका छन्। नेता गुरुङले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनलाई सहयोग गरेका मनाङेप्रति असन्तुष्टि पोखेका हुन्। ‘रत्नाकर पनि बाल्मीकि हुन्छन्, हाम्रो दीपक…