काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि नेता खनाल सोमबार बिहान नर्भिक अस्पतालमा भर्ना भएका हुन्। नेता खनाललाई ज्वरो आएको र रगतमा हेमोग्लेविनको मात्रा कम भएकाले अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको हाल नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार…