Logo

राजनीति

दीपक मनाङेलाई पृथ्वीसुब्बा गुरुङको जवाफ, ‘सबै रत्नाकर डाकू वाल्मिकी नहुँदा रहेछन्’



पाेखरा, ३० जेठ – नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाका स्वतन्त्र सांसद् तथा प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेमाथि गम्भीर आरोप लगाएका छन्।

नेता गुरुङले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनलाई सहयोग गरेका मनाङेप्रति असन्तुष्टि पोखेका हुन्।

‘रत्नाकर पनि बाल्मीकि हुन्छन्, हाम्रो दीपक मनाङे किन राम्रो राजनीतिज्ञ हुन सक्दैनन् भनेर सहयोग गरेको हो,’ गुरुङले भने, ‘तर, सबै डाकु रत्नाकर हुन सक्दैनन् रहेछन्, धतुरो रोपेर अमृत फल्दैन भन्ने पुष्टि भयो।’

मनाङेलाई आफूले नै चुनाव जिताएर ल्याएको दावी गुरुङले गरे। ‘भनेर मैले उहाँलाई ल्याएको हो, चुनाव जितेर ल्याएको मैले नै हो नि,’ गुरुङले भने।

कठिन परिस्थितिमा पनि मनाङेलाई आफूले नै साथ र सहयोग गरेको गुरुङले बताए। ‘हाम्रो पार्टीले ल्याएको होइन? मैले मन्त्री बनाएको होइन? सभामुखले शपथ गर्न नमानेको होइन? मबाट धेरै कुरा उहाँले सिक्नुहुन्छ,’ गुरुङले भने।

मनाङेले कठिन अवस्थामा धो’का दिएको गुरुङको भनाई थियो। एमालेबाटै चुनाव लडेर पार्टी समेत प्रवेश गरिसकेका मनाङेलाई आफूले कारबाही नगरेको उनले प्रष्ट पारे।

मनाङेलाई प्रदेशसभामा बस्ने अवसर रहिरहोस् भनेर सांसद् पद खारेज गर्नेतर्फ आफू नगएको एमाले सचिव गुरुङले बताएका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : ३० जेष्ठ २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल