Logo

राजनीति

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जनता समाजवादी पार्टीको ह्वीप



बुटवल, ३० जेठ – जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।

जसपा संसदीय दलकी प्रमुख सचेतक पूरमति ढेंगा मगरले पार्टीका ६ जना सांसदहरूलाई पत्र पठाएर नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन्।

प्रमुख सचेतक मगरका अनुसार संसदीय दलका नेता सहषराम यादवसहित सांसदहरू सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझीलाई पत्र पठाइएको छ।

मगरले संसदीय दलका नेताको निर्देशनमा सबै सांसद्लाई आइतबार पत्र पठाइएको बताउँदै सबैले ह्वीपको पालना गर्ने अपेक्षा व्यक्त गरिन्।

सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम आइतबार पारित गर्ने कार्यसूची छ।

नीति तथा कार्यक्रम समयसापेक्ष र जनपक्षीय नरहेको ठहर गरेको जसपाले विपक्षमा मतदान गर्ने तय गरेको हो।

जसपाका ६ प्रदेशसभा सदस्यमध्ये संसदीय दलका नेता सहषराम यादव र प्रमुख सचेतक मगरबाहेकका ४ जना पार्टी निर्णय विपरीत सरकारमा गएपछि पार्टीले कारबाही गरेर पदमुक्त भएका थिए।

तर, सर्वोच्चको अन्तरिम आदेशले उनीहरुको पद थमौती भएको छ। जसपासहित सबै विपक्षी दलहरुले सरकारको वैधतामाथि प्रश्न उठाउँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रदेशसभा बैठक बहिष्कार गरेका थिए।

नीति तथा कार्यक्रम पारित गराउनका लागि मुख्यमन्त्री शंकर पाेखरेलले साना दललाई सहयाेग मागेका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : ३० जेष्ठ २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल