Logo

राजनीति

सर्वदलीय बैठक सकियो, सभामुखसहित शीर्ष नेताले निकाले यस्तो निष्कर्ष



काठमाडौं – सभामुख अग्नि सापकोटाको आह्वानमा बसेको सर्वदलीय बैठकले कतन्त्र र संविधान बचाउनुपर्ने निष्कर्ष निकालेको छ।

शुक्रबार बसेको बैठकमा नेताहरुले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको धारणा राखेका थिए। पटकपटक प्रतिनिधि सभा विघटन भएकाले लोकतन्त्र नै धरापमा परेको र त्यसलाई बचाउन सबै दलहरु लाग्नुपर्ने धारणा नेताहरुले व्यक्त गरेका छन्।

बैठकमा नेताहरुले कोरोना महामारी चर्किएको बेला पनि खोप व्यवस्थापन हुन नसकेको बताएका थिए। चुरे लगायतका क्षेत्रबाट बालुवा, ढुंगा, गिटी निकासी गर्ने सरकारको निर्णय गलत रहेको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुको निष्कर्ष छ।

संसद विघटन गलत छ भनेर दलका नेताहरुले सभामुखलाई सुझाव दिएको र सभामुखले पटक पटक संसद विघटन गरिनु निरंकुशता र स्वेच्छाचारिताको पराकाष्ठा भएको जानकारी दिँदै अदालतले न्याय गर्ने विश्वास व्यक्त गरेको बताइएको छ।

सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा पूर्व प्रधानमन्त्रीसहित दलका नेतासँग छलफल गरेका हुन्। यसअघि उनले कानुनविदहरुसँग समेत छलफल गरेका थिए। बैठकमा सहभागी हुन प्रधानमन्त्रीलाई पनि पत्र लेखिएको थियो। तर, उनी सहभागी भएनन्।

रमेश खरेल अब राजनीतिमा ?

प्रकाशित : २८ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल