Logo

राजनीति

पूर्वप्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना



काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि नेता खनाल सोमबार बिहान नर्भिक अस्पतालमा भर्ना भएका हुन्। नेता खनाललाई ज्वरो आएको र रगतमा हेमोग्लेविनको मात्रा कम भएकाले अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

उनको हाल नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ। चार पाँच दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो।

उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जानकारी दिएको छ। यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए।

खनालमा हाल पनि कोरोना भाइरसको लक्षणहरु देखा परेको बताइएको छ। चिकित्सकहरुले स्वास्थ्यसम्बन्धी आवश्यक सबै परीक्षण शुरु गरेको अस्पतालले जानकारी दिएको छ।

रमेश खरेल अब राजनीतिमा ?

प्रकाशित : ३१ जेष्ठ २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल