Logo

राजनीति

यी हुन् कांग्रेसबाट पहिलाे मुख्यमन्त्री बन्ने इतिहास लेख्ने कृष्णचन्द्र नेपाली पाेखरेल, गण्डकीमा चारतारे झण्डा



पाेखरा, २९ जेठ – नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता हुन् कृष्णचन्द्र नेपाली पाेखरेल। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा शनिबार पोखरेल नै नियुक्त भएका छन्।

पाेखरेल संघीयता कार्यान्वयन भएपछि नेपाली कांग्रेसकाे तर्फबाट मुख्यमन्त्री बन्ने पहिलाे नेता भएका छन्। कांग्रेस पार्टीका तर्फबाट इतिहास निर्माण गर्दै उनी मुख्यमन्त्री बनेका हुन्।

प्रदेश नम्बर–१ मा एमालेका नेता शेरधन राई, प्रदेश नम्बर–२ मा जनता समाजवादी पार्टीका नेता लालबाबु राउत, बागमती प्रदेशमा एमाले नेता डाेरमणि पाैडेल, लुम्बिनी प्रदेशमा एमालेकै नेता शंकर पाेखरेल, कर्णाली प्रदेशमा माओवादी नेता महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा माओवादीकै नेता त्रिलाेचन भट्ट मुख्यमन्त्री छन्।

नेपाली कांग्रेसकाे सरकार प्रदेशमा बनेकाे याे नै पहिलाे पटक हाे। कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमाेर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद् राजीव गुरुङकाे समर्थनमा पाेखरेल मुख्यमन्त्री बनेका हुन्।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए।

पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वा’सको मत लिनुपर्ने छ।

यसअघि, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित विपक्षी पार्टीका सांसदहरूले पोखरास्थित प्रदेश प्रमुख कार्यालय अगाडि धर्नामा बसेका थिए।

निवर्तमान मुख्यमन्त्री तथा एमाले नेता पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्री पदमा दावी गरेपछि विपक्षीहरू प्रदेश प्रमुखको कार्यालय पुगेर धर्ना शुरु गरेका हुन्।

माओवादी केन्द्रका सांसद् दीपक काेइरालाले ३१ सदस्यकाे दाबी भए पनि प्रदेश प्रमुखकाे कार्यालयमा जालझेल गर्ने सम्भावना रहेकाले धर्नामा बसेकाे बताएका थिए।

गुरुङले जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको नाममा नक्कली दावी पेश गरेको विपक्षी गठबन्धन ठहर थियाे।

मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलसहितका नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।

टोलीमा स्वतन्त्र सांसद् राजीव गुरुङ (दीपक मनाङे) पनि संलग्न थिए।

नेकपा माओवादीका एक नेताका अनुसार प्रदेश प्रमुखकाे कार्यालयमा विपक्षी दलका ३१ सांसद् नै उपस्थित भएका थिए।

यसैअघि, बिहीबार विश्वा’सको मत नपाएका पृथ्बीसुब्बा गुरुङले पनि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दाबी गरेका थिए।

राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापालाई संसदीय दलकै नेता मानेर गुरुङले उनको पत्रको आधारमा जनमोर्चाका तीन सांसद आफ्नो पक्षमा रहेको दाबी गरेका थिए।

त्यस्तै पूर्व राजपाका एक सांसदले ल्याएको जसपाको प्रदेश कमिटीको निर्णय लिएर जसपाको पनि समर्थन आफूलाई रहेको गुरुङले दाबी गरेका थिए। उनले बिहीबार प्रदेशसभामा विश्वा’सको मत हासिल गर्न नसकेपछि प्रदेश प्रमुखले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

त्यसपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार मुख्यमन्त्रीको पदमा दाबी पेश गरेका थिए। नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले दाबी पेस गरेका थिए।

गण्डकी प्रदेशसभामा हाल ६० सदस्य छन्। प्रदेशसभाको सबैभन्दा ठुलो दल नेकपा एमालेका २७ सांसद छन्। कांग्रसको १५, माओवादी केन्द्रको सभामुखबाहेक ११, जनमोर्चाको ३ र जसपाको २ सांसद छन्। एक स्वतन्त्र सांसद छन्।

गगन थापा भन्छन्, ‘केपी ओलीको सत्तामाथि खतराको घण्टी’ (अन्तरवार्ता)

प्रकाशित : २९ जेष्ठ २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल